बार्सीलोनाको तीन खेलाडी कतार आउँदै

विश्व प्रख्यात फुटबल क्लब बार्सीलोनाको तीन स्टार खेलाडीहरु जेरार्ड पिके,सर्जियो बस्केट्स र जोर्डी अल्बा कतार आउने तय भएको छ।
मल अफ कतारले जुलाई ५ मा आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यी खेलाडीहरु कतार आउन लागेका हुन्।कार्यक्रम बेलुका ३ बजे बाट सुरु हुनेछ।फुटबल प्रेमी दर्शकहरुले ती खेलाडीहरुलाई नि:शुल्क हेर्न सक्ने व्यवस्था आयोजकले गरेको छ।
साथै लक्की ड्र मार्फत खेलाडीहरुलाई भेट्ने मौका समेत प्राप्त गर्न सकिनेछ।त्यसका लागि जुलाई ४ भित्र मलको कस्टुमर सर्भिस डेस्कमा फर्म भरिसक्नुपर्नेछ।
थप जानकारीको लागि मल अफ कतारको वेबसाइट हेर्नुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
