के नेपाल फर्कन अझै पनि सिसिएमसी फारम भर्नुपर्छ ?

कोभिड-१९ को महामारी पश्चात नेपाल फर्कने प्रक्रिया केही झन्झटिलो बनेको त हामी सबैलाई थाहा नै छ । अहिलेको परिस्थितिमा नेपाल कसरी फर्कने भन्ने प्रश्न हामीलाई धेरै भन्दा धेरै आइरहेको कारण हामीले फेरी यो जानकारी मुलक प्रक्रिया लिएर आएका छौ । हुन त यो भन्दा अगाडी पनि यस विषयमा हामीले समाचार नलेखेको भने होइन तर यसपटक भने केही विस्तृत रुपले प्रस्तुत गरेका छौ ।
आशा छ तपाई नेपाल जाँदै हुनुहुन्छ भने पक्कै पनि यो जानकारीले तपाइलाई सहयोग पुर्याउने छ । साथै यस विषयमा अन्य तपाईलाई थप जानकारी छ भने हामीलाई लेख्न सक्नुहुनेछ ।
अहिले पनि नेपाल फर्कन चाहिने दुई विषय भनेको पिसिआर परिक्षण र सिसिएमसि फारम हो । सिसिएमसि फारम पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट आईसकेपछी भर्ने फराम हो ।
पिसिआर परिक्षण
नेपाल फर्कनका लागि कतारका तोकिएका ४४ निजी अस्पतालले तीन सय रियाल शुल्कमा कोभिड १९ को पिसिआर स्वाब परीक्षणको गर्दै आइरहेका छन् ।
४४ निजी अस्पतालको सुची यस्तो छ ।

याद रहोस् अहिले पिसिआर स्वाबको नतिजा आउन २४ देखी ४८ घण्टासम्म लग्ने गरेको छ । तसर्त तपाईं ७२ घण्टा अघीनै परीक्षण गर्न जानुहोला ।
सिसिएमसी फारम
यो फारम पहिले नेपालको विमानस्थलमा पुगेपछि भर्नुपर्ने जस्तै अनलाइन फारम हो । कोभिड १९ को परिस्थितिले यो फारम अहिले विश्वको कुनै पनि देश बाट उडान मार्फत नेपाल जादा भर्नुपर्छ । फारम नेपालमा गएर भर्दा पनि हुन्छ तर अहिले नै भरेर गए विमानस्थलमा आफैलाई सजिलो हुनेछ ।
फारमभर्दा चाहिने वा सम्झनु पर्ने कुराहरु
- तपाइँको नेपाल के बाट जादै हुँदैछ – नेपाल पुग्ने मिती , उडान नं.
- जन्म मिति
- राहदानी/नागरिकता नं – जारी मिति र जारी जिल्ला
- नेपालको स्थायी ठेगाना
- नेपालमा सम्पर्क नम्बर – आफ्नो (मो/टेलिफोन नं. ईमेल )
- श्रीमान/श्रीमती/अभिभावको नामथर- सम्पर्क नं.
- हाल रहेको देशको विवरण (बिदेशको ) – गरेको काम, कार्य/जिम्मेवारी
अब फारम कसरी भर्ने ?
१. कोभिड १९ महामारी ब्यबस्थापन समिति CCMMS को वेबसाईटमा जान यहाँ क्लिक् गर्नुहोस् ।
२. फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
३. रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । स्वघोषणा मा चिन्न लगाएर सुरक्षित गर्नुहोस बटनमा क्लिक गर्नुहोस् । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
४. फारम भरिसकेपछि आएको तपाइँको Bar Code को Screenshot गरी मोबाइलमा राख्नुहोस वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
५. यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
६. Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुनेछ ।
७. कोभिड -१९ बिरूद्धको खोप (भ्याक्सिन) लगाएकाले पनि अनिवार्य पिसिआर गर्नै पर्छ ।
नेपाल यात्रा गर्दै हुनुहुन्छ भने सकभर कोभिड -१९ बिरूद्धको खोप लगाएर गरेको राम्रो, दोस्रो डोजको खोप लगएको १४ देखी ६ महिना सम्म पुन कतार फर्कदा क्वारेन्टाइनमा बस्नु पर्दैन तर भ्याक्सिनलगाएको प्रमाणपत्र/सर्टिफिकेट भने अध्यागमन विभागमा देखाउनु पर्नेछ ।
सर्टिफिकेट प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् (प्रिन्ट पनि गर्नुहोस् ) *प्रमाणपत्र/सर्टिफिकेट दोस्रो डोज लगाएको ७२ घण्टा पछी मात्र निस्किन्छ ।