एनआरएनको मध्यपूर्व उपसंयोजक पदमा प्रवीण गुरुङ निर्विरोध निर्वाचित

गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद को आगामी (२०१७-१९) कार्यकाल लागि मध्यपूर्व उपसंयोजक पदमा कतार बाट उम्मेदवारी दिएका प्रवीण गुरुङ निर्विरोध विजयी भएका छन्।कतार बाटै गुरुङको प्रतिद्वन्दी हंशराज ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनको जीत सुनिश्चित भएको हो।

सन् २०११ देखि एनआरएनए कतारको पंजीकृत सदस्यता लिएका गुरुङ एनआरएनए कतारको २०१७-१९ कार्यकालका लागि निर्विरोध दृतिय उपाध्यक्ष हुन्।गुरुङ कतारमा सफल व्यवसायीका रुपमा समेत चिनिन्छन्।

त्यस्तै सोही पदमा युएई बाट उम्मेदवारी दिएका गोपाल कडेल र महिला तर्फ साउदीकी यास्मिन बेगम सैयद पनि निर्विरोध निर्वाचित भएका छन्।

यता अधक्ष्य पदका लागि टिबी कार्कीले दिएकोआफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button