आज भाइटीका, कतारमा १०:५६ बजेको साइत उत्तम

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर २१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक ४ गते। शनिबार, तिहारको अन्तिम दिन आज भाइटीका। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वितीया, २५:३५ बजेउप्रान्त तृतीया। नक्षत्र– स्वाती, १०:१३ बजेउप्रान्त विशाखा। योग– प्रीति, १६:१४ बजेउप्रान्त आयुष्मान्। करण– वालव, १२:५७ बजेदेखि कौलव, २५:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला, ५:३६ बजेउप्रान्त वृश्चिक।
दोहामा सूर्योदयः०५:३५ बजे र दोहामा सूर्यास्तः १७:०१ बजे हुनेछ ।
राहुकालः ०८:२८ देखि ०९:५३ बजे सम्म । शुभ मुहूर्त : ०७:०४ देखि ०८:२७ र १०:५६ देखी ११:४० बजे सम्म
भाइटीका १०:५६ बजेको साइत उत्तम
नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । कतारका लागि भाइटीकाको उत्तम साइत भने बिहान १० बजेर ५६ मिनेट देखी ११:४० सम्म रहेको छ। यस शुभ साइतमा दाजू-भार्इहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भार्इहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुनेछ ।
शनिबार बिहान ८:२६ देखी ९:५३ सम्म काल बेला पर्ने भएकाले ९:५३ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन ।
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम २७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ३८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ५४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।