भोलि देखि सनैया क्षेत्र जान/आउन परमिट नचाहिने

सनैयाको औधोगिक क्षेत्र जान/आउन चाहिने परमिट अब नचाहिने भएको छ ।

सरकारी संचार कार्यालयले आज सुचना प्रकाशित गर्दै भोलि सोमबार बाट परमिट नचाहिने बताएको हो । यधपि कोभिड – १९ को सावधानी अपनाएको सुनिश्चित गर्न सुरक्षाकर्मीले जाँच भने यथावत राख्ने कार्यालयले स्पष्ट पारेको छ । सो क्षेत्र जाने आउनेले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र एह्तेराज एपमा आउने हरियो कोड भने साथमा लिएर हिड्नुपर्नेछ । त्यस्तै कामदार बोक्ने बसले पुरा क्षमाता भन्दा आधा सिटमा मात्र यात्रु बोक्नुपर्नेछ ।

कतारले विभिन्न क्षेत्रको प्रतिवन्ध हटाउन पहिलो चरण भोलि देखि सुरु गर्दैछ । सनैया को १ देखि ३२ सम्मको औधोगिक क्षेत्र कोरोना भाइरसको माहामारी फैलिए संगै मार्च देखि गत महिना सम्म पुरै लकडाउन गरेको थियो । यस अवधिमा त्यहाँको झन्डै ६५ हजार भन्दा बढी कामदारलाई अन्तै सारेको थियो। त्यसमध्ये भाइरसको नतिजा पोजेटिभ आएकाहरुलाई सरकारले निशुल्क उच्चस्तरिय उपचार समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button