हमद अस्पतालमा अब नेपालीलाई थप सजिलो हुने

कतारका लागि नेपालका राजदूत प्रो. रमेश प्रसाद कोइराला र कतारको हमद अस्पतालका मेडिकल निर्देशक डा.युसुस अल मसलामनी बीच गत बिहीबार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा नेपाल र कतार बीच कुटनीतिक तथा श्रम सम्बन्ध अभिवृद्धि गर्ने, कतारमा रहेका नेपालीहरु एवम् उनीहरुलाई हमद अस्पतालले दिने सेवा थप सरल, सहज र प्रभावकारी बनाउने, दोभाषेको व्यवस्था, तथ्याङ्क साटासाट, लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।

त्यस्तै भेटघाटको क्रममा भएको  छलफल अनुसार नेपाली राजदूतावास, दोहा र हमद अस्पताल बीच सम्पर्क संयन्त्र स्थापना गरी अब श्रमिकका समस्याहरु यथासमयमै समाधान गर्नका लागि आवश्यक व्यवस्था मिलाईने दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button