इन्डोनेसियामा अमिरलाई रेड कार्पेट सहित भव्य स्वागत

क्युएनए
अमिर शेख तमिम विन हमद अल थानी हिजो इन्डोनेसिया पुग्नुभएको छ।
अमिर सँगै कतारी प्रतिनिधिहरूलाई जाकार्ता सोएकर्नो हटा विमानस्थलमा त्यहाँको अर्थ मन्त्री इङ्गर्तिअस्तो लुकिता,इन्डोनेसियाका लागि कतारी राजदूत अहमद विन जस्सिम अल हमर र दूतावासको कर्मचारीहरुबाट रेड कार्पेट सहित भव्य स्वागत भएको छ।
सिंगापुर पश्चात दुई दिने भ्रमणको लागि इण्डोनेशिया जानुभएको अमिरले त्यहाँको राष्ट्रपति जोको विदोडो सँग भेट गरि ४१ वर्ष देखिको कतार-इन्डोनेसियाको सुमधुर द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दामा छलफल सँगै व्यापार तथा लगानीमा बढावा दिने,यातायात – उद्योगमा समन्वय गर्ने लगायतको विषयमा छलफल गरिने कार्यक्रम रहेको छ।त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत हुने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो