बिज्ञापन

एक्सचेन्ज घरहरु आज देखि खुल्ने

करिब डेढ महिना देखि बन्द रहेका मनी एक्सचेन्ज घरहरु आज देखि खुल्ने भएको छ । सरकारले कोरोना भाइरस विरुद्ध चालिरहेको सफल प्रभावकारी कदमहरु संगै जनताको आवश्यकतालाई ध्यानमा राखेर आज देखि देशभरका सम्पुर्ण एक्सचेन्जहरु खुल्न दिने उद्योग तथा वाणिज्य मन्त्रालयले बताएको छ ।

तर त्यसका लागि भने केही नियमहरुको पालना गर्न/गराउन पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१. अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने ।

२. ग्राहकको शरीरको तापक्रम जाँच गर्नुपर्ने ।

३. भिड बनाउन नपाउने ।

४. एक्सचेन्जमा काम गर्ने कामदारलाई दिनको ओभर टाईम सहित ८ घण्टा भन्दा बढी काममा लगाउन नपाउने ।

पैसा पठाउने ग्राहक र कामदारले आवश्यक नियम पालना गरेको/नगरेको जिम्मा एक्सचेन्ज घरको मुख्य कर्मचारीले लिनु पर्नेछ । साथै नियम उल्लंघन गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button