दूतावासले संघसंस्था सँग अन्तर्क्रिया कार्यक्रम गर्ने

श्रमिकको समस्या सुल्झाउन नसकेको आरोप खेपिरहेको कतार स्थित नेपाली दूतावासले नयाँ कार्यक्रमको सुरुवात गर्ने भएको छ।शेरिङ एण्ड हेरिङ (सुन्ने/बाड्ने) नाम दिइएको सो कार्यक्रम मार्फत कतारमा रहेका संघसंस्था बीच सम्बन्ध सुदृढ गर्न तथा श्रमिकको अवस्था,समस्या लगायत विविध विषयमा अन्तर्क्रिया गर्न लागेको दूतावासले आज सूचना प्रकाशित गर्दै जानकारी दिएको छ।
मासिक रुपमा हुने यस कार्यक्रमको पहिलो अन्तर्क्रिया ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा आउँदो शुक्रबार अक्टोबर २७ तारिख दिउँसो दुई बजे बाट सञ्चालन हुँदैछ।
दूतावास जाने बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
