आज ३७३ जनामा भाइरस देखियो,थप १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले बिहिबार ३७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३७७ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०८,२४४ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,५२५ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६४ रहेको छ र निको हुनेको संख्या १,०५,०१८ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar
#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/FvCJQm23I9— وزارة الصحة العامة (@MOPHQatar) July 23, 2020
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५३० जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ११४ जना
आज सम्म जाँच भएको संख्या – ४,५९,३२३ जना
निको हुन बाँकीको संख्या : ३,०६२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।