"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

विश्व महिला टी–२० छनोटका लागि दोस्रो चरणमा २२ खेलाडी छानिए

एक महिनापछि थाइल्यान्डमा हुने आइसिसी महिला विश्व टी–२० छनोटअन्तर्गत एसिया छनोटका लागि नेपालले दोस्रो चरणको टिम घोषणा गरेको छ। रुबिना क्षेत्रीको कप्तानीमा रहेको टिममा दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन्।

मंगलबारदेखि सुरु भएको पहिलो चरणको तयारीमा ४४ खेलाडी सहभागी थिए। पहिलो चरणको छनोटमा सहभागी खेलाडीलाई ४ टिममा विभाजन गरिएको छ। टिमले एकआपसमा ३–३ अभ्यास खेलेका थिए। यही आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट भएको प्रशिक्षक सामसनजंग थापाले जानकारी दिए। छनोट समितिमा प्रशिक्षक थापासहित आइसिसीका प्रतिनिधि अनिमुल इस्लाम, सिनियर टिमका प्रशिक्षक जगत टमाटा र कप्तान रुबिना क्षेत्री थिए।

दोस्रो चरणको बन्द प्रशिक्षणपछि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिनेछ। अन्तिम टिमले एक साता बंगलादेशमा प्रशिक्षण गर्नेछ। नेपाली टिम २३ कात्तिकमा बंगलादेश जानेछ। बंगलादेशमा एक साता प्रशिक्षण गरेपछि नेपाली टिम एसिया छनोट खेल्न सिधै थाइल्यान्ड प्रस्थान गर्नेछ। बंगलादेशमा रहँदा नेपालले स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ।

एसिया छनोट २ मंसिरदेखि सुरु हुनेछ। छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछ। एसिया छनोटमा यसअघि मलेसियाले समेत खेल्ने बताइए पनि अब भने ५ टिमबीच मात्र खेल्ने प्रशिक्षक थापाले जानकारी दिए।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।

२२ सदस्यीय नेपाली टिम

  1. रुबिना क्षेत्री (कप्तान)
  2.  सीता रानामगर
  3.  ज्योती पाण्डे
  4.  सरिता मगर
  5.  नेरी थापा
  6.  रोमा थापा
  7.  इन्दु बर्मा
  8. करुणा भण्डारी
  9.  सोनु खड्का
  10. शोभा आले
  11. नितु भण्डारी
  12. अलिशा क्षेत्री
  13. कविता कुँवर
  14. विनु बुढामगर
  15. सरस्वती चौधरी
  16. लक्ष्मी चौधरी
  17. रितु कनोजिया
  18. संगीता राई
  19. अन्जली चन्द
  20. काजोल श्रेष्ठ
  21. रेखा रावल
  22. सवनम राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button