"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बन्ने भो पोखरामा अन्तर्राष्ट्रिय फुटबल रंगशाला,यस्तो हुनेछ सुविधा

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माण गर्नका लागि ग्लोबल टेण्डरको आह्वान गरेको छ । परिषदले १० महिनाभित्र रंगशाला बनाउनुपर्ने बनाउनुपर्ने प्रावधान राख्दै ग्लोबल टेन्डर आह्वान गरेको हो । टेन्डरका लागि २०७४ मंसिर २ गते सम्म फारम भर्ने समय तोकिएको छ ।

२०१९मा हुन गइरहेको दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै रंगशाला निर्माणका लागि परिषद कस्सिएको हो । परिषदका अनुसार रंगशाला २० हजार दर्शक क्षमताको हुनेछ भने १ अर्ब रुपैयाँ बजेट छुट्याइएको जनाएको छ । पहिलो चरणको टेण्डरबाट छनोट भएका कम्पनीले मात्र दोस्रो चरणको टेन्डरमा भाग लिन पाउने परिषदले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रंगशालामा ट्रयाक एन्ड फिल्ड, आधुनिक फ्लड लाइट, स्कोर बोर्ड, डिस्प्ले बोर्ड, खेलाडी आराम कक्ष, कन्फरेन्स हल, स्टोर रुम लगायतका कक्ष हुनेछन् । अझ रंगशालालाई आकर्षक बनाउनका लागि पुराना दुई प्याराफिट भत्काएर नयाँ निर्माण गरिनेछ ।

२०४० सालमा निर्माण गरिएको उक्त रंगशाला दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि बनाइएको थियो । नयाँ बन्ने फुटबल मैदानमा दर्शकसँगै भिआइपी, मिडिया, अपांग मैत्री, खेलाडी चेन्जिङ रुम, भिआइपी, रेफ्री, मेडिकल, मिडिया सेन्टर, दर्शकको लागि शौचालय, प्यारापिट लगायतका सुविधायुक्त पूर्वाधार निर्माण गरिने छ ।

प्राकृतिक घास रहने फुटबल मैदानमा रातको समयमा सबै मौसममा फुटबल खेल्न मिल्ने गरी चार स्थानमा शक्तिशाली बत्ती र दुई स्थानमा डिजिटल स्कोर बोर्ड राखिने छ । अब बन्ने प्यारापिट दुई लेभलको हुने र सबैतिरको प्यारापिटतर्फ घाम र पानीको लागि फाइभरको छाना हालिने छ ।

रंगशाला प्रवेशको लागि दर्शकहरुको लागि चार स्थानमा प्रवेश द्वार र खेलाडी तथा भिआइपीहरुको लागि छुट्टै द्वार रहने छ । फुटबल रंगशालाको ठिक बाहिर पार्किङको सुविधा रहने छ । बजेटबाट पोखरा रंगशालामा आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा पनि खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button