त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो, २० भन्दा बढी अझै बेपत्ता

काठमाडौं, कार्तिक ११ – धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट १९ जनाको शव निकालिएको छ । अहिलेसम्म तीन बालक, एक बालिका, ७ महिला र ८ जना पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
१९ जनामध्ये १२ जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।
प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।
घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
५५ जनाले टिकट काटेर चढेकाले २० जना भन्दा बढी हराइरहेको अनुमानमा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली :

दुर्घटनाका घाइतेहरुकाे नामावली
अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
दुर्गा नन्द यादब – राजबिराज न पा . -९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज