आज बाट चार एफएम सञ्चालनमा आउँदै

कतारमा रहेका आप्रवासीहरुले आज बाट चार वटा एफएम सुन्न पाउने भएका छन्।कतार बाटै प्रसारण हुने ती एफएमहरुको आज बेलुका ६ बजे संस्कृति तथा खेलकुद मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

दुई मलयालम भाषाका रेडियो ९८.६ एफएम र रेडियो सुनो ९१.७ त्यस्तैगरी दुई हिन्दी भाषाका रेडियो ओलिभ १०६.३ र एनई ८९.६ एफएमहरु सञ्चालनमा आउन लागेको हो।

कतारमा पहिलो पटक आप्रवासी भाषाको रेडियो सञ्चालनमा आउन लागेको हो।यसअघि छिमेकी राष्ट्रहरू बाट प्रसारित रेडियो मात्र सुन्न सकिन्थ्यो।

नेपाली एफएम कहिले?

नेपाली एफएमको लागि हाल नेपाल सरकार बाट अनुमति लिने प्रक्रिया चलिरहेको कतारका लागि नेपाली राजदूत प्रा रमेश प्रसाद कोइरालाले क्युएन खबरलाई जानकारी दिनुभएको छ।यसबारे नेपालको सञ्चारमन्त्री सँग भेटगरी आवश्यक पहल समेत गरेको उहाँले बताउनुभएको छ।अहिले चुनावी माहोलका कारण प्रक्रिया केही ढिलो भएपनि चाँडै नै कतारमा नेपाली भाषाको रेडियो गुञ्जने उहाँले आश्वासन दिनुभएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button