कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने

कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनी संग छलफल भैरहेको बताउनुभएको छ । खोप नलगाउने दर्शकले भने विश्वकप हेर्न पाउनेछैनन् ।
त्यस्तै विश्वकप आयोजनाको तयारी तिव्र गतिमा बढिरहेको प्रधानमन्त्री अल थानीले बताउनुभएको छ । प्रतियोगिताको फाइनल खेल आयोजना हुने लुसेल रंगशालाको काम ९० प्रतिशतले सकिएको र अल थुमामा र रस अबु अबौद रंगशालाको काम पनि सोचे अनुसार अगाडी बढिरहेको उहाँले थप्नुभयो ।