एह्तेराज एप भिसा नम्बर बाट पनि दर्ता गर्न सकिने

अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने एह्तेराज एप अब भिसा नम्बर बाट पनि दर्ता गर्न सकिने भएको छ । एप डाउनलोड गरेपछी कतार आईडी र भिसा नम्बर बाट दर्ता गर्न सकिने नयाँ अप्सन आएको छ । भिजिट भिसा,बिजिनेस भिसा वा भिसा नम्बर मात्र भएकाहरुले भिसा रजिस्ट्रेशनमा थिचेर आफ्नो देशको नाम लेखी दर्ता गर्न पाउनेछन् । यसअघि कतारी आईडी भएकाहरुलाई मात्र एप दर्ता गर्न सुविधा रहेको थियो ।
अहिले देशभरका विभिन्न सार्वजनिक स्थल तथा व्यावसायिक स्थान भित्र प्रवेश पाउन एह्तेराज एपको हरियो कोड अनिवार्य भएको छ । एपले कतारमा कोरोनाभाइरसको जोखिम कम गर्न मद्दत पुग्ने आशा गरिएको छ ।