दूतावासले दोस्रो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै

संघसंस्था सँग हालसालै गरिएको सफल अन्तरक्रियात्मक कार्यक्रम पछि कतारस्थित नेपाली दूतावासले दोस्रो कार्यक्रम आयोजना गर्ने भएको छ।
दूतावासले आज एक सूचना प्रकाशित गर्दै कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहेका नेपालीहरुसँग हालै दूतावासले अबलम्बन गरेका कार्यहरु सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गर्ने जानकारी दिएको हो।

कार्यक्रम आउँदो शुक्रबार १० तारिख ऐन खालिद, दोहास्थित नेपाली दूतावासको चान्सरी भवनमा बिहान ११ बजे देखि आयोजना हुनेछ।साथै कार्यक्रम बारे थप जानकारी लिनको लागि ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो