आज कतार र आइसल्याण्ड बिचको खेल हुँदै

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज कतारले पहिलो पटक आइसल्याण्ड सँग प्रतिस्पर्धा गर्दैछ।खेल साँझ ७:३० बजे बाट अल दुहैल रंगशालामा सुरु हुनेछ ।खेलप्रेमी दर्शकहरुको लागि गेट नम्बर ४ तर्फ बाट निशुल्क खेल हेर्न पाउने व्यवस्था गरिएको छ।

यसअघि कतारले गत शनिबार चेक रिपब्लिक सँग १-० ले हार बेहोरेको थियो।त्यस्तै आजको प्रतिद्वन्दी आइसल्याण्ड पनि अघिल्लो खेलमा चेक रिपब्लिक सँग २-१ ले हारिसकेको छ।
आइसल्याण्ड २०१८ मा हुने विश्वकपमा छनौट भइसकेको राष्ट्र हो भने कतार र चेक रिपब्लिक छनौट चरण बाटै बहिरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो