समस्या समाधानका लागि छिमेकी राष्ट्रहरू तयार छैनन् : अमिर

क्युएनए

कतारमा पाँच महिना यतादेखि जारी नाकाबन्दीको समस्या समाधान गर्न छिमेकी राष्ट्रहरू इच्छुक नरहेको अमिर शेख तमिम विन हमद अल थानीले आज बताउनुभएको छ।

आज सल्लाहकार परिषदको ४६ औं साधारण बैठकको उद्घाटनमा बोल्दै अमिरले कतार सरकार यतिखेर सल्लाहकार निकाय चुनावको लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ।यसका लागि आवश्यक विधान २०१८ मा तयार हुनेछ।

“यता हामी राष्ट्र स्वतन्त्रताका लागि द्विपक्षीय सम्मान र सामूहिक दायित्वमा आधारित मापदण्ड अनुसार वार्ताका लागि तयार छौं भने अर्कातिर छिमेकी राष्ट्रहरुले दिएको संकेतले उनीहरू समस्या समाधान नै नगर्ने पक्षमा बसेका हामीले थाहा पायौं” ,अमिरले भन्नुभएको छ।

कतारले आयोजना गर्ने २०२२ विश्वकपको विपरीत छिमेकी राष्ट्र साउदी अरेबिया,बहराइन, कुवेत र युएईले विभिन्न झुटो अपबाह रचनागरी फैलाएको र कतार माथि दबाब दिन कोसिस गरिरहेको अमिरले बताउनुभएको छ।

Advertisement

त्यस्तै कतारले नाकाबन्दी बाट माथि उठेर खाद्यान्न तथा आवश्यक सामग्री सँगै विश्वकप परियोजना पूरा गर्न र देशमा लगानी भित्र्याउन आवश्यक पहल गरिरहेको समेत अमिरले जानकारी दिनुभएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button