राजदूत र कतारी सुरक्षा प्रमुख बीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सार्वजनिक सुरक्षा प्रमुख मेजर जनरल साद विन जस्सिम अल खुलैफि बीच आज भेटवार्ता सम्पन्न भएको छ।

भेटघाटमा नेपाल र कतार बीच कूटनीतिक तथा श्रम सम्बन्ध अभिवृद्धिका साथै नेपाली दूतावासले कतारमा कार्यरत नेपालीहरुका लागि संचालन गर्ने अभिमुखिकरण तालिम र सचेतना कार्यक्रम, कतारका जेल तथा थुनामा रहेका नेपालीहरु, कतारमा आयोजना गरिने विश्वकप,श्रमिकका समस्या समाधानार्थ नेपाली राजदूतावास र सार्वजनिक सुरक्षा विभाग बीच सम्पर्क संयन्त्र स्थापना लगायतका बिषयहरुमा छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो