बिज्ञापन

नेपाली फिल्म : लुट २

सफल चलचित्रको रुपमा चिनिएको चलचित्र ‘लुट २’सामाजिक संजाल फेसबुक मार्फत् केहि दिन अघि पाईरेसी भएको थियो । पाईरेसी भएको केहि दिनमै प्रहरिले पाईरेसीकर्ता रामनाथ सुनुबारलाई पक्राउ गरी कारबाहि समेत अघि बढाएको छ ।

पाईरेसीकर्ता सुनुबार पर्सा जिल्ला स्थायी घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका थिए । ३७ वर्षिय सुनुवारलाई महानगरिय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो । सुनुबारले नोभेम्बर ६ र ७ तारिखका दिन ‘वाच अनलाई मुभि’ नामक फेसबुक पेज मार्फत् फिल्मको पुरै अंश तर चार वटा फुटेज बनाएर अपलोड गरेका थिए ।

सुनुवार विरुद्ध निर्माता माधव वाग्लेसँगै हाइलाइट्स नेपाल र नेट टिभीको तर्फबाट ३० लाख क्षतीपुर्ती दाबी सहित जिल्ला अदालत काठमाडौंमा प्रतिलिपी अधिकार उल्लंघन कानुन अन्तर्गत मुद्दा दर्ता गरेको छ । मुद्धा उपर दुई पटक पेसी चलिसकेको हाइलाइट्सका महा प्रवन्धक जनक तामाङले बताए ।

यसै क्रममा डिजिटल राईट हाईलाईट्स नेपालले केहि समय अघि युट्युबमा पुरै फिल्म अपलोड गरेको छ । निश्चल बस्नेत निर्देशित यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्। माधव वाग्ले र नरेन्द्र महर्जन निर्माता हुन् । सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेको फिल्मलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा फिल्म निर्माण भएको हो ।

R

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button