चितवनमा वाम गठबन्धनको चुनावी सभामै ढलेका जनवादी गायक पाख्रिनको निधन

‘युवाहरु देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’

भरतपुरमा आयोजित बाम गठबन्धनको संयुक्त आमसभामा सम्बोधनसँगै यो गीत गाएका जनवादी गायक तथा पूर्वसांसद् खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा आयोजित कार्यक्रममा पुत्र गुमाएर विह्वल पार्टी अध्यक्ष पुष्पकमल दाहालको अगाडि गीत गाएका पाख्रिनलाई गीत गाएर आराम गरिरहँदा हृदयाघात भएको थियो ।

तुरुन्तै भरतपुरको नारायणी सामुदायिक अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button