बिज्ञापन

महिला क्रिकेट : नेपाल र हङकङबीचको खेल नतिजा विहीन

काठमाडौं,मंसिर ५ –

आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले हङकङसँग अंक बाडेको छ । वर्षाको कारण मैदान खेल्न अयोग्य भएपछि खेल सुरु नहुँदै नेपाल र हङकङले अंक बाँडेका हुन् ।

बैंककस्थित टेर्डथाई मैदानमा तय भएको खेल सोमबार परेको वर्षाको कारण खेल्न अयोग्य भएको क्रिकेट एसोसिएसन अफ थाइल्याण्डले जनाएको छ ।

वर्षाले भिजेको मैदान नसुकेपछि खेलको टस समेत नभई अम्पायरले खेल रद्द भएको जनाएका थिए ।

खेल रद्द भएपछि दुवै राष्ट्रले एक एक अंक पाएको हो । यसअघि त्यहि मैदानमा नेपालले सोमबार वर्षाको कारण थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।

सोमबारदेखि सुरु भएको टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।

नेपालले अब तेस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शिर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शिर्ष दुई टोलिले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button