हय्या प्लेटफर्म मार्फत अब नयाँ आफन्त कतार भ्रमणमा ल्याउन सकिने

हय्या प्लेटफर्म मार्फत अब नयाँ आफन्त कतार भ्रमणमा ल्याउन सकिने भएको छ ।
कतारले आयोजना गरेको विश्वकपको बेला प्लेटफर्ममा दर्ता भएको आफन्तको सुची रिसेट गरिएको हय्या पोर्टलले इमेल मार्फत जानकारी गराएको छ ।
सन् २०२४ को जनवरी २४ सम्म हय्या कार्ड भएका व्यक्ति कतार आउन र बस्न पाउने नियम रहेको छ । त्यस्तै कतार आईसकेका व्यक्तिले फेरि कतार आउन आफन्तको आवास वा होटेल बुकिङ गरेको प्रमाण प्लेटफर्म मार्फत स्वीकृत गर्नुपर्नेछ ।
हय्या प्लेटफर्म मार्फत कतार आउन आवश्यक कुराहरु :
१. हय्या प्लेटफर्म मार्फत स्वीकृत भएको होटेल बुकिङ वा आफन्तको आवास पत्र ।
२. कम्तिमा तीन महिना म्याद भएको राहदानी ।
३. एक वर्षको स्वास्थ्री बिमा गरिएको प्रमाण ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
9
मनपर्यो
36
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
2
हाँसो लाग्यो
1
रीस उठ्यो