शिर काटने धम्कीपछि दिपिका तनावमा
बलिउड फिल्म ‘पद्मावती’ को जति बिरोध सायद आजसम्म भारतको ईतिहासमा नै भएको थिएन होला । करण सेना र राजपुत समुदायको बिरोधले यो फिल्म अब डिसेम्बर १ मा रिलिजसमेत नहु
सडकबाट सुरु भएको यो बिरोध यतिबेला संसदसम्म पुगेको छ । बिषेशगरी दिपिकाले ‘पद्मावती’ कुनै पनि हालतमा रिलिज हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उनको शिर काट्ने धम्कीसमेत आयो । यतिबेला यो बिरोध यति सशक्तरुपमा आएको छ की दिपिकाको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा अवस्था बढाईएको छ ।
कर्नाटक राज्यका गृहमन्त्रीले दिपिका र उनको परिवारको सुरक्षाको लागि प्रहरी तैनाथ गर्न आदेश दिएका छन् । उता निर्माता भन्सालीलाई पनि कडा सुरक्षा प्रदान गरिएको छ । बिषेशगरी राजपुत ईतिहासलाई बिगारेर पर्दामा प्रस्तुत हुने डरका कारण यो फिल्मको बिरोध चौतर्फी भईरहेको छ ।
ने भएको छ । फिल्मको नयाँ रिलिज मिती तोकिएको छैन् । फिल्मको बिरोधमा निर्माता एवं निर्देशक सञ्जयलिला भन्साली र नायिका दिपिका पादुकोणलाई ज्यान मार्ने धम्की समेत आयो ।