सातौं रंगशालाको डिजाइन सार्वजनिक

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप निर्माणको जिम्मा लिएको सुप्रीम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) ले सातौं रंगशालाको डिजाइन हिजो सार्वजनिक गरेको छ।
रस अबु अबौद नाम दिईएको यस रंगशाला जम्मा चार लाख ५० हजार वर्ग मीटर क्षेत्रमा फैलिने छ भने यसको निर्माण सन् २०२० मा पूरा गर्ने लक्ष्य राखिएको छ।त्यस्तै ४० हजार सिट क्षमता रहने यो रंगशालामा क्वार्टर फाईनल सम्मका खेलहरु सञ्चालन हुनेछन्।
![]()
रंगशालाको केही रोचक तथ्य
१.यसलाई कतार फाउन्डेसन रंगशाला डिजाइन गर्ने फेनविक इरीबारीन अर्चिटेक्टले नै डिजाइन गरेको हो।यसको निर्माण पुनप्रयोग गर्न सकिने श्रोत सँगै आधुनिक ब्रिक र समुन्द्री जहाजमा समान ओसारपसार गर्ने कन्टेनर बाट हुनेछ।निर्माण पश्चात यो विश्वकै पहिलो सार्न तथा पुनप्रयोग गर्न सकिने रंगशाला हुनेछ।
![]()
२. दोहाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित हुने यस रंगशाला हमद अन्तराष्ट्रिय विमानस्थल बाट जम्मा १.५ किमीको दूरीमा रहनेछ।यो कतारको उत्कृष्ट यातायात शृंखला कतार रेलको गोल्ड लाइनको समर्पित बिसौनी ( मिसैरेब स्टेसन बाट १० मिनेट र एयरपोर्ट बाट २५ मिनेट) सँगै सेन्टर दोहा र अल वक्रा राेड सँग जोडिनेछ।
![]()
३.विश्वकप पश्चात यसको सम्पूर्ण भौतिक सामग्री झिकेर आवश्यक स्थानमा पुननिर्माण वा अन्य देशमा सहयोग गरिनेछ।
४.विश्वकप पछि रंगशाला हटाएर यो क्षेत्रलाई व्यापारिक केन्द्र र सार्वजनिक पार्क बनाइनेछ।
![]()
यसैगरी अल थुमामा रंगशालाको डिजाइन गत अगष्ट महिनामा सार्वजनिक गरिएको थियो भने पहिलो मैदान खलिफा रंगशालाको उद्दघाटन ६ महिना अगाडि नै भइसकेको छ।हालै डिजाइन सार्वजनिक भएको रस अबु अबौद २०२२ विश्वकपको लागि कतारको आठौं रंगशाला मध्येको एक हो।