नाकाबन्दी अर्को हप्ता हट्न सक्ने

झण्डै ६ महिना यता साउदी प्रमुख छिमेकी राष्ट्रहरूले कतार माथि लगाउँदै आइरहेको जल,स्थल र हवाई मार्गको नाकाबन्दी अर्को हप्ता हट्ने प्रबल सम्भावना देखिएको छ।

खाडी समस्या हल गर्न मध्यस्तताको प्रमुख भुमिका निर्वाह गर्दै आइरहेको कुवेतले आगामी डिसेम्बर ५-६ मा कतार सहितको खाडी समन्वय परिषद (जीसीसी) को सम्मेलन आयोजना गर्ने भएपछि समस्या हट्ने सम्भावना देखिएको हो।३८ औं खाडी अरब राज्य समन्वय परिषद सम्मेलनका लागि कुवेतले त्यस भित्रको सबै सदस्य राष्ट्रलाई निमन्त्रणा पठाइसकेको अल जजिराले लेखेको छ।
त्यस्तै कतार सहितको सम्मेलन आयोजना गर्न साउदी अरेबिया पनि सहमत भएको न्यू अरब च्यानलले लेखेको छ।
कुवेतले गत अक्टोबरमा जिसीसी सम्मेलन आयोजना गर्न तयार रहेको बताएता पनि खाडी समस्या चलिरहेकाले वार्षिक सम्मेलन सँगै परिषद अगाडि बढ्ने नबढ्ने बारे आशंका उब्जिदै आइरहेको थियो।

करिब ३६ वर्ष अगाडि स्थापना भएको खाडी समन्वय परिषदमा साउदी अरब सहित कतार, बहराइन,ओमान,युएई, कुवेत राष्ट्र समावेस छन्।परिषदले यी ६ राष्ट्र भित्रको सामाजिक,सांस्कृतिक,सुरक्षा,आर्थिक लगायतका मामिला सुधार्न समन्वय गरी वार्षिक रुपमा सम्मेलन आयोजना गर्दै आइरहेको छ।