बिज्ञापन

विद्युत महसुल नबुझाएका ३४ उद्योगको लाइन काटियो

काठमाडौं, कात्तिक १०-

डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।

गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइट काटिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । तिर्नुपर्ने रकमसहित सूचित गरिएका ४९ उद्योगमध्ये बिहीबार राति ३४ उद्योगको लाइन काटिएको हो ।

४९ मध्ये छ उद्योगले बिहीबार नै बक्यौताबापतको महसुलको पहिलो किस्ता तिरेकाले उनीहरूको लाइन काटिएन । त्यस्तै सात उद्योगको मुद्दा अदालतमा विचाराधीन रहेकाले विद्युत् आपूर्ति नकाटिएको प्राधिकरणले जनाएको छ । विद्युत् लाइन काटिएपछि शुक्रबार बुटवलका दुई उद्योगले पनि किस्ता तिरेपछि आपूर्ति सूचारु गरिएको प्राधिकरणले जनाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button