अब एक लाख भन्दा बढी रकम पठाउन बैंक खाता चाहिने

रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए नगदमा र त्यसभन्दा बढी बैक खातामार्फत भुक्तानी दिनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो । यसअघि रेमिट्यान्स कम्पनीहरुले जति भए पनि नगदमै भुक्तानी गर्दै आएका थिए ।

रेमिट्यान्स कम्पनीले सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार पनि गर्न नपाईनले बैकले नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बंैक तथा वित्तीय संस्था, तथा रेमिट्यान्सलगायत भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय कारोबारमार्फत गर्न पाउने खर्चको सीमा तोक्न लागेको हो ।

भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्ने र त्यसकै आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको उज्यालो अनलाइनले लेखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button