जिसीसी सम्मेलन आजै सकिने

कुवेतमा भोलि सम्मको लागि आयोजना तय गरिएको ३८ औं खाडी राज्य सहायता सम्मेलन आजै समापन गरिने भएको छ। सम्मेलनका लागि गएका ६ राष्ट्रका प्रतिनिधिहरू पनि आज फर्कने अल जजिराले लेखेको छ।

युएई र साउदी अरेबियाले जिसीसी बाट छुट्टिएर नयाँ आर्थिक तथा सैन्य साझेदारी गर्ने युएईको आधिकारिक घोषणा सँगै जिसीसी सम्मेलन छोटिएको हो।

युएईको घोषणा अनुसार युएई र साउदी अरेबिया बीच नयाँ समिति गठन गरी ती दुवै राष्ट्र बीच आर्थिक,सैन्य,सामाजिक,सांस्कृतिक,व्यापार लगायत द्विपक्षीय सहमति बीच सम्पूर्ण क्षेत्रमा समन्वय तथा सहायता गर्ने साझेदारी भएको छ।

यी दुई राष्ट्र बीचको नयाँ साझेदारीले जिसीसी माथि घातक कदम रहेको विश्लेषकहरुले भनेका छन्।साथै यो कदमले युएई र साउदी खाडी समस्या सुल्झाउने पक्षमा नरहेको देखिन्छ।

आजको सम्मेलनको छलफल समाप्त पश्चात मात्रै नाकाबन्दी र खाडी राज्य सहायता परिषद (जिसीसी) को भविष्य बारे थाहा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button