बालुवाटारमा महिला फुटबल टोलीसँग प्रधानमन्त्री

काठमाडौं,कात्तिक १५-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्। भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फूटबलका लक्ष्मीहरुसँग।’ बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए। उपाधि नजिते पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै प्रधानमन्त्रीले बुधबार राति नै फेसबुकमार्फत प्रशंसा गरेका थिए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो