३२ जिल्लामा मतगणना सुरू, अधिकांश ठाउँमा भोलि गणना हुने

दोस्रो चरणको  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान बिहिबार ५ बजे सकिएसँगै  मतदानको मतगणना अधिकांश जिल्लामा सुरु भएको छ ।  पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो।

प्राप्त  जानकारीअनुसार गोरखा,  नुवाकोट, रसुवा, रूकुम ओखलढुंगा, डोल्पा, सिन्धुपाल्चोकलगायतका जिल्लामा मतगणना सुरु भइसकेको छ ।  मतगणना सुरु गर्नका लागि  दिउँसै सर्वदलीय बैठक बसेका थिए भने बाँकी जिल्लामा पनि मतगणनाको सुरु भएको छ ।
कम मतदाता भएका मनाङ र मुस्ताङको अन्तिम परिणाम शुक्रबार बिहानसम्म आइसक्ने अपेक्षा गरिएको छ।

आज मतदान भएका ४५ जिल्लामध्ये अधिकांशमा भने शुक्रबारदेखि मात्र हुनेछ। केहीमा आजै मध्यरातबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृतहरुले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button