आज बाट जाडो बढ्ने

कडा हावाहुरी सँगै आज बाट जाडो बढ्ने कतार मौसम विभागले जानकारी दिएको छ।कडा हावाहुरी शुक्रबार बिहान देखी आईतबार सम्म रहनेछ।
हावाको गति २७ देखि ६५ किमी प्रति घण्टा बीच रहने र समुन्द्री छाल ७ देखि १२ फिट माथि उठ्ने विभागले अनुमान गरेको छ।

उत्तरपूर्वी वायुको कारण धूलो उड्ने हुँदा सो समयमा प्रतक्ष्यता समेत घटेर २ किमी भन्दा कम रहनेछ।त्यस्तै तापक्रम ११ देखि २४ डिग्री सेल्सियस बीच रहनेछ।
विभागले यस अवधिभर समुन्द्री क्रियाकलाप नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेको छ।
