कतारले गल्फ कप कुवेतलाई सुम्पियो

खाडी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता गल्फ कप यो वर्ष कुवेतले आयोजना गर्ने भएको छ।यसअघि कतारले डिसेम्बर २२ देखि प्रतियोगिता गर्ने निश्चित थियो।
जारी खाडी समस्यामा कुवेतले देखाएको सहायता स्वरूप कतारले प्रस्तावित सो प्रतियोगिताको आयोजना कुवेतले स्वीकारेको हो।प्रतियोगिताको २३ औं संस्करण पूर्व निश्चित मिति डिसेम्बर २२ तारिख ८ प्रतियोगीका साथ सञ्चालन हुनेछ।

दुई देश बीचको प्रमुखहरूको सहमतिमा यो वर्षको गल्फ कप कुवेतलाई हस्तान्तरण गरिएको हो।यो खाडी क्षेत्रको सबै मानिसले मनाउने प्रतियोगिता हो र सबैको मनमा यसको महत्वपूर्ण स्थान रहेको छ,आशा गरौं कुवेतले उच्च सफलताका साथ आयोजना गर्नेछ,”कतार फुटबल एसोसिएसनका प्रमुख शेख हमाद बिन खलीफा विन अल थानीले बताएका छन्।

यता सो निर्णय फिफा प्रमुख जियानी इन्फाटिनोले पनि समर्थनका साथ स्वीकारेका छन्।इन्फाटिनो फिफाले कुवेत माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको एक दिन पछि गएको बिहीबार कतार आएका थिए।उनी प्रतियोगिताको उद्दघाटन खेलमा समेत उपस्थित हुने बताएका छन्।
गल्फ कपको इतिहास
सन् १९७० मा स्थापना भएको गल्फ कप प्रतियोगिता पहिलो पटक कुवेतले आयोजना गरेको थियो।यो विषेशगरी जिसीसी राष्ट्र बाटै आयोजना हुँदै आइरहेको छ।नियम अनुसार हरेक दुई वर्षमा आयोजना गर्ने भनिएपनि राजनीतिक अस्थिरताका कारण विगतमा यो चार वर्षको अन्तरालमा समेत आयोजना भएको छ।गल्फ कपको सर्वाधिक विजेता कुवेत रहेको छ भने बहराइनले र यमनले हाल सम्म उपाधि जित्न सकेको छैन।
