एनआरएन कतारले स्थापना दिवस मनाउने

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएन-एनसीसी) कतारले आफ्नो स्थापना दिवस मनाउने भएको छ।विविध कार्यक्रमको साथ संघले कार्यक्रम आयोजना गर्ने सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।
आउँदो डिसेम्बर १५ का दिन विन ओमरान स्थित गार्डेन भिलेज रेस्टुरेन्टमा बेलुका ५:३० बजे आयोजना हुने सो कार्यक्रममा संघका अभियन्ता,पार्षद सदस्य लगायत सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थित हुन संघले अनुरोध समेत गरेको छ।

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएन-एनसीसी) कतार
नेपालीका लागि नेपाली भन्ने नाराका साथ सन् २००३ ,डिसेम्बर १२ मा स्थापना भएको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरए-एनसीसी) कतारले समृद्ध नेपाल निर्माण तथा रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीको हक हितको लागि काम गर्दै आइरहेको छ।
राजीव डंगोलको नेतृत्वमा अस्थायी समितिका साथ सुरु भएको एनआरएन कतारको तर्फ बाट आइसिसी सदस्य र कतार प्रतिनिधि भोज बहादुर (सागर) नेपाल चुनिएका थिए।त्यस्तै संघको पहिलो साधारण सभा सँगै कार्यकारी समिति गठन सन् २००४ मा भएको थियो।संघ अहिले सातौं महाधिवेशनका साथ अधक्ष्य नवीन पोखरेलको नेतृत्वमा चलिरहेको छ।