के के हेर्नु पर्छ स्मार्टफोन फोन किन्दा ?

कतारका प्राय जस्तो हाइपर मार्केट वा मलहरुमा हरेक हप्ता विभिन्न अफर लाग्ने गर्दछन् ती मध्य हाम्रो ध्यान अली बेसी मोबाईलकै मुल्य वा अफरमा नै जाने गर्दछ । मोबाईलमा ब्राण्ड र मोडलहरु पनि उतिकै छन् । यती धेरै ब्राण्ड र मोडलमा कसरी रोज्ने त उत्कृष्ट फोन ? 

स्मार्टफोन फोन किन्दा यी कुराहरु मा ध्यान दिनु पर्दछ । 

१. डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् : सबै भन्दा पहिला आफूलाई उपयुक्त लाग्ने स्किृन साइज हेर्नुहोस् । त्यस पछी डिस्प्ले  रेजोल्युशनस कती छ भनी हेर्नुहोस् वा पसले लाई सोध्नुहोस्, डिस्प्ले क्वालिटी  रेजोल्युशनस“मा निर्भर रहेको हुँदा, जति धेरै रेजोल्युशन हुन्छ, त्यति नै डिस्प्ले क्वालिटी पनि राम्रो हुन्छ ।

२. अपरेटिंग सिस्टम : बजारमा अहिले एन्डोइड र आईओएस अपरेटिङ सिस्टम भएका मोबाइल छन् । सक भर अपरेटिङ सिस्टमको नया“ भर्सन किन्नु राम्रो हुन्छ ।


३. प्रोसेसर र र्याम :  प्रोसेसर जति धेरै भयो स्मार्टफोन्को परफरमेन्स द्रुत गतिमा छल्छ । र्याम भनेको सिस्टम मेमोरी हो जसले धेरै एप्लिकेशनका लागि स्पेस/ठाउँ दिन्छ भने ह्यागं हुने समस्या हुदैन ।

४. कनेक्टिभिटी : सिम जिएसएम होस् वा सिडिएमए, थ्रीजी सर्पोट गरोस् वा फोरजी फिचर्समा ध्यान दिनु जरुरी छ । कतिपटक दुईवटा सिम लाग्ने फोनमा पनि एउटा स्लाँटमा ४ जी र अर्को सिम २ जीको हुन्छ । नेपालमा पनि अहिले फोरजी सेवा सुरु हुन लागेकाले फोरजी नेटवर्क भएका स्मार्टफोन किन्नु उपयुक्त हुन्छ ।

५. मेमोरी : अहिलेका प्रायः स्मार्टफोनमा १६ जिबी या ३२ जिबीको इन्टरनल मेमोरी रहेको हुन्छ । धेरै कुरा फोनमा अटाउनका लागि इन्टरनल मेमोरी धेरै हुनु राम्रो मानिन्छ भने आवश्यकता अनुसार एक्सर्टनल मेमोरी (मेमोरी कार्ड) राख्न मिल्ने मोबाइल छान्नुपर्छ ।
सक भर १६ जिबी वा सो भन्दा बढी भएको स्मार्टफोन रोज्नुहोला । 


६. क्यामेरा :  फोटोको गुणस्तर आउनुमा क्यामेरामा मेगापिक्सेल मात्रै ठूलो कुरा होइन । यसमा कस्तो लेन्सको प्रयोग भएको छ, कत्रो अपार्चर (aperture) र कत्रो माइक्रोपिक्सेल छ भन्ने कुराले निर्धारण गर्छ । उदाहरणका लागि सामसुङ ग्यालेक्सी एस सेभेन एजमा १२ मेगापिक्सेलको क्यामेरा छ, तर १३ वा १६ मेगापिक्सेल भएका एन्ड्रोइड स्मार्टफोनभन्दा गुणस्तर फोटो खिच्छ ।

७. कनेक्टिभिटी : सिम जिएसएम होस् वा सिडिएमए, थ्रीजी सर्पोट गरोस् वा फोरजी फिचर्समा ध्यान दिनु जरुरी छ । कतिपटक दुईवटा सिम लाग्ने फोनमा पनि एउटा स्लाँटमा ३ जी र अर्को सिम २ जीको हुन्छ । नेपालमा पनि अहिले फोरजी सेवा सुरु हुन लागेकाले फोरजी नेटवर्क भएका स्मार्टफोन किन्नु उपयुक्त हुन्छ ।


८. ब्याट्री : स्माटफोनमा साधारण फोनको तुलनामा धेरै ब्याट्री चाहिन्छ । २८०० एमएएच पावरभन्दा धेरैको ब्याट्री किन्नु सुविधाजनक हुन्छ, यस्तो ब्याट्रीले कमसेकम ७ घण्टा चार्ज दिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button