विश्व रेकर्डको लागि अमिरको सबैभन्दा ठूलो चित्र बन्यो

अमिर शेख तमिम विन हमाद अल थानी को अहिले सम्मकै सबैभन्दा ठूलो रूपचित्र बनेको छ।चित्र खेलकुद तथा संस्कृति मंत्रालय अन्तर्गतको कतार रिमोट कन्ट्रोल सेन्टरले ग्रावेल बाट बनाएको हो।
झण्डै दुई महिना लगाएर तयार भएको तमिम अल मज्दको चित्र कालो ग्रावेल बाट बनेको हो।यो अल शमाल रोडको एक्जिट ५४ मा रहेको हवाई क्षेत्रमा छ।चित्र कतारको राष्ट्रिय दिवस मनाउन बनाइएको हो।
चित्रको आकार २६० × ३०० मिटरको रहेको छ भने यो ७८ हजार वर्ग मिटरमा फैलिएको छ।साथै यो आकाश बाट मात्र हेर्न सकिन्छ।हवाईजहाज बाट उत्तर हुँदै दोहा आउँदा यो अझ राम्रो सँग देखिने निर्माणपक्षले बताएको छ।
चित्र विश्व रेकर्डमा पनि दर्ता गर्न प्रयास भइरहेको छ।”अमिरको सबैभन्दा ठूलो चित्र विश्व रेकर्डमा राख्न गिनिज रेकर्डमा सम्पर्क भइरहेको छ”,स्पोर्ट्स सेन्टरका प्रमुख अमिर इल हाददादले मिडियालाई भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो