कुकुर तिहारको अवसरमा ‘टाइगर’ लाई सर्वोत्तकृष्ट कुकुरको अवार्ड

काठमाडौँ, कात्तिक १५-

नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहार मनाइएको छ । औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले विभिन्न कला प्रस्तुत गरेर कुकुर तिहार मनाइएको हो ।

के–नाइन कार्यालय प्रमुख तथा डीआईजी देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएका हुन् । यस्तै सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गर्ने ‘टाइगर’ नामको के–नाइनले भने यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड पाउन सफल भएको छ । ‘टाइगर’लाई आज कुकुर तिहारको दिन डीआईजी देउती गुरुङले मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो दुई वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button