कतारमा आज यो वर्षकै छोटो दिन ! आज जाडो (शिशिर) महिनाको पहिलो दिन

आज कतारमा यो वर्षकै छोटो दिन हुने कतार क्यालेण्डर हाउसले बताएको छ । खगोलशास्त्र अनुसार सुर्य परीक्रमा गर्दा आजको दिन छोटो र रात लामो हुने गर्दछ ।

आजबाट सुर्य उत्तरायण हुने हुनाले आजको दिन वर्षकै सबैभन्दा छोटो हुने र रात वर्षकै लामो हुनेछ ।
त्यस्तै सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले आजको दिनलाई सबैभन्दा छोटो र रात लामो मानिएको हो ।

सुर्य पृथ्वीको उत्तरी गोलार्धतर्फ लाग्दा दिन छोटो हुन्छ भने दक्षिणी गोलार्धतर्फ लाग्दा दिन लामो हुन्छ । भोलिबाट क्रमशः दिन लामो हुँदै जाने र २१ जुनको दिन सबैभन्दा लामो हुने क्यालेण्डर हाउस का प्रमुख डा बशिर मरजौँक ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button