भोलि देखि तेलको भाउ बढ्ने

कतारमा तेलको भाउ फेरी बढ्ने भएको छ । भोलि जनवरी १ तारिख सोमबार देखि लागु हुने गरी डिजेल र पेट्रोल दुबैको भाउमा ५ दिरहामले वृद्धि हुने कतारको उर्जा तथा औधिोगिक मन्त्रालयले जनाएको छ । अब प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १.८० कतारी रियाल पर्नेछ भने सुपर पेट्रोलको भाउ प्रति लिटर १.८५ कतारी रियाल पर्नेछ ।त्यस्तै डिजल को भाउमा पनि ५ दिरहामले नै वृद्धि भई १.७५ प्रति लिटर पर्ने भएको छ।

तेलको भाउ केही महिना यतादेखि निरन्तर बढ्दै आइरहेको छ।सन् २०१६ को अप्रिल महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।