हमाद मेडिकलमा अब पैसा नचल्ने

हमाद मेडिकल अन्तर्गत सबै अस्पताल शाखा तथा अन्य स्वास्थ्य सेवाहरूमा भोलि जनवरी १ तारिख बाट नगदरहिद(विद्युतीय भुक्तानी) व्यवस्था लागूहुने भएको छ।
महिला अस्पताल,अल साद बाल चिकित्सा इमरजेन्सी केन्द्र र हाडजोर्नी केन्द्रमा नगदरहिद व्यवस्थाको सफल परीक्षण पश्चात हमाद मेडिकलले आफ्नो सम्पूर्ण शाखा तथा सेवाहरूमा यो व्यवस्थाको शुरुवात गर्न लागेको हो।

भोलि बाट बिरामी जाँच गर्न तथा अस्पतालको अन्य सुविधा उपभोग गर्न बिरामीले क्रेडिट कार्ड,डेविड कार्ड वा ई क्यास कार्डको प्रयोग गर्नुपर्नेछ। ई क्यास कार्ड क्युएनबी बैंक बाट २० रियाल रिचार्ज कार्ड देखि माथि लिन सकिनेछ।यो सुविधा चाँडै नै सेवा काउन्टर तथा फार्मेसीहरुमा पनि लागू हुने मेडिकलले बताएको छ।नयाँ व्यवस्थाले बिरामीहरूलाई छिटो छरितो र आरामदायी सुविधा हुने विश्वास गरिएको छ।
हमाद मेडिकल सँगै नगदरहिद प्रणाली प्राथमिक स्वास्थ्य सेवा विभाग,ट्राफिक विभाग,नाका,राहदानी तथा आप्रवासी मामिला विभाग लगायत अन्य सरकारी कार्यालयहरुमा पनि शुरु भइसकेको छ।