कतार गल्फ कप बाट बाहिरियो

कुवेतमा जारी २३ औं अरेबियन गल्फ कप बाट कतार बाहिरिएको छ।बहराइन सँग १- १ को बराबरी खेलेको कतार समूह चरण अन्तर्गत कुल अंकको आधारमा अन्तिम चारको लागि छनौट हुन सकेन।

जाबर अल अहमद रंगशालामा हिजो भएको खेलमा कतारले ४६ औं मिनेटमा अग्रता लिएको थियो।पहिलो हाल्फ को अतिरिक्त समयमा पाएको पेनाल्टी मार्फत कप्तान हासन अल हेदोसले गोल गरेका थिए। तर अन्तिम चारमा पुग्न १ अंक मात्र चाहिएको बहराइनले ५८ मिनेटमा अलि जाफर को गोल मा खेल बराबरीमा ल्याएपछि कतारको यात्रामा पूर्णविराम लाग्यो।त्यसपछिको बाँकी समयमा दुवै तर्फ बाट थुप्रै प्रयास भएपनि गोल भने हुन सकेन।

खेल सँगै समूह बी अन्तर्गत बहराइन ५ अंकका साथ दोश्रो स्थान बनाउँदै अन्तिम चारमा छनौट भएको छ।त्यस्तै ७ अंकका साथ पहिलो स्थानमा इराक छनौट भएको छ।कतार ४ अंकका साथ तेस्रो र यमन १ अंकका साथ पुछारमा रह्यो।

समूह ए बाट भने ओमान ६ अंकका साथ पहिलो स्थानमा र युएई ५ अंकका साथ दोश्रो स्थानमा रहँदै अन्तिम चारमा छनौट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button