दूतावासले भोलि छलफल कार्यक्रम गर्ने

कतारस्थित नेपाली दूतावासले भोलि संघसंस्था तथा नेपाली सँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ।शेरिङ एण्ड हेरिङ (सुन्ने/बाड्ने) नाम दिइएको सो कार्यक्रम मार्फत कतारमा रहेका संघसंस्था बीच सम्बन्ध सुदृढ गर्न तथा श्रमिकको अवस्था,समस्या लगायत विविध विषयमा छलफल गर्ने गरिन्छ।
मासिक रुपमा हुने यस कार्यक्रमको तेस्रो संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा भोलि शुक्रबार डिसेम्बर २९ तारिख दिउँसो तीन बजे बाट सञ्चालन हुँदैछ।
दूतावास जाने बाटो
