कतारले टर्की र सिरियामा १०८ टन अत्यावश्यक सहायता सामग्री पठायो

कतार फण्ड फर डेभलपमेन्टले कतार रेड क्रिसेन्ट र कतार च्यारिटीको सहयोगमा भूकम्प प्रभावित टर्की र सिरियामा १०८ टन अत्यावश्यक सहायता हस्तान्तरण गरेको छ।
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा राहत सामग्री तीन वटा कतार एमिरी एयर फोर्सको विमान मार्फत हिजो ढुवानी गरिएको थियो।

कतारको विदेश मन्त्रालयले जनाएअनुसार हालसम्म १२० जना खोज तथा उद्दार प्रहरी १२ सवारी साधन तथा सामग्री,तीन फिल्ड अस्पताल ,टेण्ट,खाद्यान्न तथा लत्ता कपडा र १० हजार अस्थायी घर दुई देशको भुकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ ।
टर्की र सिरियामा गत सोमबार गएको दुई ७.८ र ७.६ रेक्टरको भुकम्पमा परि हालसम्म १५ हजार बढीले ज्यान गुमाईसकेका छन् ।