रंगशालाको सिट भाच्ने दर्शक विरुद्ध छानबिन सुरु

सामाजिक संजालमा रंगशालाको सिट भाचिएको भिडियो भाइरल भएपछि सुरक्षा परिचालन विभागले छानबिन सुरु गरेको छ ।
टुनिसिया र ओमानबिचको क्वाटरफाइनलको खेलपछि एजुकेसन सिटी रंगशालाको केही सिट दर्शकले टुटफुट गरेका थिए । विभागले विज्ञप्ति जारी गर्दै सो सम्बन्धमा छानबिन सुरु भइसकेको र नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने बताएको छ।
विभागले सबै खेलप्रेमीलाई जिम्मेवार बन्न, कानूनको पालना गर्न र आफ्नो टोलीलाई नियम भित्र बसेर समर्थन गर्न आह्वान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
35
मनपर्यो
8
खुसी लाग्यो
152
दुःख लाग्यो
5
रुन मन लाग्यो
14
हाँसो लाग्यो
19
रीस उठ्यो