बिज्ञापन

अब नेपालबाट वैदेशिक रोजगारीमा जानेले तालिम लिनैपर्ने

लाखौं युवाहरु यतिबेला वैदेशिक रोजगारीमा छन् । तर यसरी वैदेशिक रोजगारीमा गएकामध्ये अधिकांश अदक्ष र अर्धदक्ष छन् ।
सरकारले अब भने वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ ।

तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई ध्यानमा राख्दै सरकारले तालिम अनिवार्य गर्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको आजको गोरखापत्रमा समाचार छ । 

वैदेशिक रोजागारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि-२०७४ भर्खर मन्त्रालयबाट पारित भई कार्यान्वयनमा आएको छ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कार्यविधिअनुसार अबको एक वर्षभित्र अनिवार्य रुपमा तालिम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने  गरी तयारी थालिएको जानकारी दिएका छन् । 

उनका अनुसार, कार्यविधिमा एक महिना वा सोभन्दा कम समयको तालिम, एक महिनाभन्दा बढीको तालिम, तीन महिनाभन्दा कम समयको तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिको गरी तीन तहको तालिमको व्यवस्था गरिनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button