नेपालमा राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,पुस २१

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि निर्णय गर्ने बताइएको थियो । तर त्यसबारेमा कुनै निर्णय नभएको मन्त्री कार्कीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा चुनावको मिति तोक्ने विषयमा मात्रै छलफल भएको थियो । यसअघि निर्वाचन आयोगले पनि माघ २४ या २५ मा निर्वाचनको मिति तय गर्न सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button