मार्गशीर्ष कृष्ण औँसीः नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको पशुपतिमा घुइँचो

काठमाडौँ, मङ्सिर १६-

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज पशुपति क्षेत्रमा घुइँचो लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसी गरी वर्षमा दुई दिन बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने नियम छ । त्रयोदशीका दिन यी बहुमूल्य सामग्री वर्ष दिनसम्म सुरक्षित साथ राखियो भन्ने सन्देश प्रवाह गर्न देखाइन्छ । औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षित साथ राखिन्छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी, मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर देखाउने गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राखिएको छ । राख्नुअघि अर्थात् बिहान १० बजेअघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो ।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायको रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने परम्परा रहिआएको छ । बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन् ।रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button