बिज्ञापन

किन लाग्यो ‘मधेशी पुत्र २’ लाई रिलिजमा रोक

नेपाललाई टुक्राउने अभियाननै बोकेर हिडेका सिके राउतको चरित्र चित्रण गरेको भन्दै नेपाली चलचित्र ‘मधेशी पुत्र २’ लाई सेंसरबोर्डले  रिलिजमा रोक लगाएको छ ।

चलचित्रमा अपाङग सरकार , छक्का , घण्टा जस्ता शब्दहरुमा म्युट गर्नु पर्ने , टाउको गोली हानेको दृश्यमा ब्लर गर्नु पर्ने र सीके राउत भन्ने पात्रको भुमिका र प्रसंग नै पुर्णरुपमा हटाई चलचित्रलाई सेंसरबोर्डमा पेश गर्न निर्माण युनिटलाई पत्रचार गरिएको छ ।

यता, निर्माता समूहले मधेशी पुत्र २ मा सामाजिक सद्भाव खल्बलाउने खालका कुनै किसिमको दृष्य वा कथा नरहेको भन्दै यो एउटा राजनीतिक घटनाको आधारमा तयार पारिएको चलचित्र रहेको दाबी गरेका छन् ।

मधेशी पुत्र–२ का लेखक निराजन मेहताले तराई–मधेशको वास्तविक राजनीतिक घटित घटनामा आधारित भएकोले समितिले भने अनुसारका दृश्यहरु हटाउन नमिल्ने बताएका छन् ।

राउत नेपाली राजनीतिका विवादास्पद व्यक्ति हुन् । सेेंसरबोर्डको उक्त निर्णयपछि केही ठाँउमा बिरोध पनि सुरु भएको छ ।

राजविराजमा निकालिएको विरोध प्रदर्शनमा सोही चलचित्रसाथै का निर्माता उदितनारायण साह, सँगीतकार तथा कलाकार कमल मण्डल, कलाकारहरु रुकेश साह, देवेन्द्र यादव, दीपनारायण साह साथै अन्य कलाकार र स्थानीयहरुको सहभागिता रहेको थियो । विरोध प्रदर्शनपछि कोणसभा लाई सम्बोधन गर्दै कलाकारहरुले सेन्सर पास नगरे सम्पूर्ण मधेशमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सेंसरबोर्डको रोकलाई तपाई के भन्नु हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button