अफगानिस्तानमा ३ कमाण्डर सहित आइएसका २० जना लडाकूको मृत्यु

अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ । सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । शनिबार अपरान्ह् ती लडाकू मारिएका भए पनि अफगान रक्षा मन्त्रालयले सो कारबाहीको जानकारी आइतबार प्रकाशन गरेको विज्ञप्तिमार्फत दिएको छ ।

सो कारबाहीका क्रममा त्यहाँका सशस्त्र हतियारधारीहरुले प्रयोग गरिरहेका केही सवारी साधन र हातहतियार पनि बरामद गरिएको सो समाचारमा जनाइएको छ । उता शुक्रबार अबेर राती भएको आक्रमणमा लघमान प्रान्तमा पनि स्थानीय स्तरका एकजना कमाण्डरसहित २० जना मारिएका अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले जानकारी दिएका थिए ।

उनका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन् । उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button